वीरगंज महानगरमा फोरम नेपाललाई १२ सय बढी भोट, काँग्रेस, राजपा एमाले पछि पर्यो

अशोज १०, २०७४ मा प्रकाशित | 699 views

बीरगञ्ज ।

वीरगंज महानगरपालिकाको प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालका मेयरले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार ७१ हजार २ सय १३ मत गणना भई सक्दा फोरमले काग्रेस भन्दा मेयरमा १२३७ मतले अग्रता लिएको छ । यता उप मेयरमा नेपाली कांग्रेस फोरम भन्दा १८८२ मतले अग्र स्थानमा रहेको छ ।

संघीय समाजबादी फोरम नेपालका मेयरका उम्मेदवार विजय सरावगीले १६३४९ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका अजय द्विवेदीले १५१०४ मत प्राप्त गरी दोश्रो स्थानमा रहनु भएको छ ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १७४६१ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने दोश्रोे स्थानमा फोरम नेपालकी पिंकी यादवले  १५५८० प्राप्त गर्नु भएको छ ।

तेश्रो स्थानमा राजपा नेपालका उम्मेदवार राजेशमान सिंह रहनु भएको छ । सिंहले ९९८२ मत प्राप्त गर्नु भएको छ । भने उपमेयरमा तेश्रो स्थानमा नेकपा एमालेकी सोफिया आचार्य रहनु भएको छ । आचार्यले ९०८० मत प्राप्त गर्नु भएको छ ।

मत गणनाको पछिल्लो जानकारी अनुसार वीरगंज महानगरपालिकामा मेयर पदमा एमाले चौथो, माओवादी केन्द्र पाँचौ र फोरम लोकतान्त्रिक छैठौ स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web