काठमाडौँ ।

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो विवरण अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा 'एमाले' १८, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन् ।

अब ४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । ८ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका, बारा जिल्लाको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ ।

21.12¡ÆC