सोमपाल र बसन्तको सतकीय पारीमा विश्व क्रिकेट लिग च्याम्पियन तयारी खेलमा नेपाल विजयी

अशोज ३, २०७४ मा प्रकाशित | 4314 views

काठमाडौं ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा भारतको डिन्डीगुल ड्रागन्सलाई पराजित गरेको छ ।

मंगलबार भएको अभ्यास खेलमा नेपालले डिन्डीगुललाई १ सय ५३ रनले हराएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा मात्र २ सय १६ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ६६ रन बनाए भने बसन्त रेग्मीले नटआउट ५६ रन बनाए । सोमपाल र बसन्तले सतकीय पारी खेलेका थिए ।

ज्ञानेन्द्र मल्लले ३९, सागर पुनले १५, शरद भेषावाकरले १, आरिफ सेखले २१, सन्दिप लामिछानेले १ रन बनाए । कप्तान पारस खड्का भने शुन्य रनमै आउट भए ।

२ सय १७ रनको लक्ष्य पछ्याएको डिन्डीगुलले ३५ ओभर ३ बलमा ६३ रन मात्र बनाउन सक्यो । सागर पुनले ३ तथा ललित भण्डारी र सुशिल कँडेलले समान २ विकेट लिए ।

आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत आउँदो असोज २७ र २९ गते नेपालले हङकङको सामना गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web