बीरगञ्ज ।

तेस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगञ्जमा दिउँसो २ बजे देखि मतगणना सुरू भएको छ ।

वीरगञ्ज महानगरपालिकामा सिसी क्यामेराको निगरानीमा तार जालीभित्र मतगणना सुरू भएको हो । स्थानीय ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणना सुरू भएको हो । महानगरको मेयरका लागि सोमबार मतदान भएको थियो ।

वीरगञ्ज नगरप्रमुखमा नेपाली कांग्रेसबाट अजय द्विवेदी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी, नेकपा एमालेबाट बसुरुद्धीन अन्सारी, संघीय समाजवादी फोरमबाट विजय सराबगी र फोरम लोकतान्त्रिकबाट विमल श्रीवास्तव प्रतिस्पर्धामा छन् ।

वीरगञ्ज महानगरपालिका, पोखरीया, महुदरमाई पर्सागढि गरी ३ नगरपालिका तथा १० वटा गाउँपालिका छन् । पर्सामा दुई लाख ८० हजार १११ मतदाता रहेका छन् ।

19.12¡ÆC