चितवन ।

रत्ननगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर प्रकाश ढुङ्गानालाई भ्रष्टाचार गरेको आरोपमा नेत्रविक्रम चन्दका कार्यकर्ताले कालोमोसो दलेका छन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चितवनले आइतबार विहान ढुङ्गानालाई कार्यालय परिसरमै कालोमोसो र जुत्ताको माला लगाएर अभद्र व्यवहार गरेका छन् ।

प्रकाश ढुङ्गानालाई कार्वाही गर्नुका कारण भन्दै विप्लवका कार्यकर्ताहरुले पर्चासमेत छरेको पाइएको छ ।

घटनास्थलमा नेकपाले छरेको पर्चामा कारबाही गर्नुका ६ कारणहरु लेखिएका छन् :

१) परियोजना र संस्थामा बजेट पारिदिने नाममा कमिशन खाने गरेको ।

२) घरजग्गा र बाटोको सिफारिस गरे बापत सेवाग्राहीबाट कमिशन लिने गरेको ।

३) नयाँ प्लटिङ्मा बाटो सिफारिस गरेबापत कमिशन लिने गरेको ।

४) घोल र ऐलानी जमिनलाई भू–माफियासँग मिलेर जग्गा दलालको नाममा नामसारी गरेको ।

५) नहर र कुलोको जग्गालाई भू–माफियासँग मिलेर चक्लाबन्दी प्लटिङ् गर्न भूमिका निभाएको, यसबापत कमिशन लिने गरेको ।

६) विदाको दिन सरकारी सवारीसाधन प्रयोग गरी भू–माफियासँग मिलेर सुकुमबासी बस्तीलाई यो जग्गा छोड भनी आतङ्कित पारेको ।

19.12¡ÆC