काठमाडौं ।

लामो समयदेखि घट्दो क्रममा रहेको नेपाली शेयर बजारको परिसूचक नेप्से यो साता पहिलो दिनको तुलनामा अन्तिम दिनसम्ममा १०.६५ अंकले बढेर १५३०.३१ अंकमा पुगेको छ ।

यो साता बजारको कारोबार रकम पनि गत साताको तुलनामा ५५.८० प्रतिशतको उच्चदरले बढेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा विभिन्न १७७ कम्पनीहरुको शेयर कारोबार भएको छ । जस अनुसार ३५ हजार ८४४ कारोबारहरुबाट ३ अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख ४ हजार १६० कित्ता शेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ वाणिज्य बैक, वित्त, होटल, जलविद्युत लगायतका अन्य सबै समूहको कारोबार बढेको छ भने विकास बैक समुहको मात्र कारोबार घटेको छ ।

यो साता कारोबार रकमको आधारमा नबिल बैंक लिमिटेड, कारोबार भएको शेयर संख्याको आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक र कारोबार संख्याको आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेका छन् ।

18.16¡ÆC