<h5 style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">नवलपरासी । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमासो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।</h5><p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सचिव चित्तलसिंह राना र जिल्ला सदस्य प्रेम ढकाल रहेको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।</p><p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">मालपोत कार्यालय कावासोतीका प्रमुख घिमिरेले जग्गाको मूल्यांकन घटाए राजश्व संकलनमा असर पारेको तथा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गत बुधबार कालोमोसो दलिदिएका थिए ।</p>
15.58¡ÆC