दलहरुमा राजनीतिक संस्कारकै अभाव : प्रमुख आयुक्त

भदौ २८, २०७४ मा प्रकाशित | 816 views

काठमाडौं। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलहरुमा राजनीतिक र प्रजातान्त्रिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन् ।

बुधबार राधानीमा निर्वाचन पर्यवेक्षक संस्थाहरुका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा यादवले दलहरुले भाषणमा जति प्रजातान्त्रिक कुरा गरेपनि यथार्थमा दलहरुमा राजनीतिक संस्कारकै अभाव रहेको जिकिर गरे ।

प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा भइरहेका आचारसंहिता उल्लंघनका घटनाप्रति संकेत गर्दै प्रमुख आयुक्त यादवले ‘राजनीतिक दल र उम्मेदवारहरुमा संस्कार नभएकै कारण यस्तो भइरहेको हो’–भने ।

अन्तरक्रियामा सहभागी निर्वाचन प्रयवेक्षक संस्थाका प्रतिनिधिहरुले आयोगको तर्फबाट आचारसंहिता कार्यान्वयनमा कमजोरी भइरहेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web