ट्याक्टर दुर्घटनामा पाँचजनाको मृत्यु

जेष्ठ १९, २०७३ मा प्रकाशित | 924 views

१९ जेठ, ओखलढुङ्गा ।
ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो करिब ४ः३० बजे ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

स्वास्थ चौकीको सामान लिएर चिप्लेघोडाखरीबाट बिलन्दु जाँदै गरेको ना.५ त. २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस–५ मा दुर्घटना हुँदा ट्याक्टरमा सवार खोटाङ च्यास्मिटार–५ का ३५ वर्षीय हिरीबहादुर राई, ओखलढुङ्गा बिलन्दु गाविस–५ का १५ वर्षीय विष्णु बराल, सोही ठाउका १५ वर्षीय मिलन घिमिरे, १५ वर्षीय अमिर घिमिरे र फुलबारी गाविस–५ का १४ वर्षीय मनिष खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक टीका कार्कीले टेलिफोनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतकमध्ये चारजना स्थानीय ज्ञानप्रकाश उच्चमावि चिप्लेघोडाखरीका विद्यार्थी रहेका छन् । उनीहरु उक्त ट्याक्टरमा विद्यालयबाट घर फर्कदै थिए ।

दुर्घटनामा परी फुलबारी–४ का ट्याक्टरका सहचालक २० वर्षीय प्रेम थापा गम्भीर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टर सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो । दुर्घटनापछि ट्याक्टरका चालक फरार छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web