मन्त्री भएकै समयमा संयोगले स्वाइनफ्लु लाग्यो स्वास्थ्यमन्त्री पोखरेल

भदौ १८, २०७४ मा प्रकाशित | 1201 views

काठमाण्डौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल एक साता लामो उपचारपछि आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । ज्वरो आउने, रुघाखोकी, बान्ता हुनेजस्ता समस्या देखिएपछि स्वास्थ्यमन्त्री ११ भदौमा वीर अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि मन्त्री पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै संयोगवश आफूलाई स्वाइनफ्लु ९मौसमी रुघाखोकी० देखा परेको बताए । उनले आफूमा स्वाइनफ्लु एच१एन१ पोजेटिभ देखिएको जानकारी दिए ।

बाढी प्रभावित क्षेत्र महोत्तरीमा राहत वितरणमा जाँदा एक्कासि मन्त्री पोखरेल बिरामी परेका थिए ।

‘एच१एन१ सिजनल इन्फ्लुएन्जा हो । मलाई पनि संयोगवश देखियो, तर, आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । स्वदेशमै विशिष्ट सेवा रहेको भन्दै मन्त्री पोखरेलले उपचारका नाममा विदेश जाने प्रथाको अन्त्य गर्नुपर्ने बताए । ‘वीर अस्पतालले राम्रो र गुणस्तरीय सेवा दिन सक्छ भन्ने विश्वास लिएर उपचार गराउन आएको हुँ । त्यही विश्वासलाई जीवित लिएर फर्किएँ,’ पोखरेलले भने ।

सरकारी सेवा भरपर्दो

सरकारी स्वास्थ्य संस्थाले प्रदान गरेको सेवामा शंका गर्नेहरू पनि रहेको भन्दै मन्त्री पोखरेलले भने, ‘शंकाको भरमा स्वदेशमा उपचार नगराएर विदेश जानेहरूले एकपटक वीर अस्पतालमा स्वास्थ्य सेवा लिएर हेरुन् ।’

आफ्नो एक साता लामो बसाइका क्रममा अस्पतालको सेवामा धेरै प्रकारको प्रतिभा फेला पारेको उनले बताए । नेतृत्व तहमा बसेका हामी आफैँ सरकारी सेवामा सामेल भएमा विश्वास जित्न सक्ने उनको भनाइ छ ।

आफूले वीर अस्पताल बसाइमा अस्पतालमा गर्नुपर्ने सुधारात्मक कामहरू नजिकबाट जान्ने र बुझ्ने मौका पाएको भन्दै उनले यसलाई विशेष वार्ड थप गरेर सेवा दिने व्यवस्था मिलाउने बताए ।

‘चिकित्सक, नर्स, पारामेडिक्सहरूको समस्या नजिकबाट नियाल्ने मौका पाएँ, यसलाई व्यवस्थित र सुदृढ गर्दै अगाडि लैजानेमा मेरो भूमिका रहनेछ,’ मन्त्री पोखरेलले भने ।

मधुमेह र प्रोस्टेटको पनि समस्या

स्वास्थ्यमन्त्री पोखरेललाई मधुमेह र प्रोस्टेटको पनि समस्या रहेको चिकित्सकले बताएका छन् । वीर अस्पतालका निर्देशक प्रा।डा भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेललाई इन्फ्लुएन्जा एच१एन१ पोजेटिभ देखिएकाले पाँच दिनका लागि औषधि चलाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web