१० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

भदौ १६, २०७४ मा प्रकाशित | 1067 views

१० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा

<p style="text-align: justify; ">कञ्चनपुर। &nbsp;प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनुभयो । &nbsp;</p><p style="text-align: justify; ">भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदिमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार विहान नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब सात नम्बर प्रदेशको विकाशको ढोका खुलेको उद्घोष गर्नुभयो । &nbsp;</p><p style="text-align: justify; ">नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारत संग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, गौरीफन्टा नाका, पञ्चेश्वर परियोजनाको गतीलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिमकै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसंग गहन छलफल भएको बताउनुभयो ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web