काठमाडौं ।

नेपाल र बंगलादेशको राष्ट्रिय भलिबल टोलीबीच बुधबार भएको दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा नेपाल ३–२ ले विजयी भएको छ ।

लगनखेलस्थित नेपाली सेनाको सैनिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको खेलमा बंगलादेशले पहिलो र तेश्रो तथा नेपालले दोश्रो र चौथो सेट जितेपछि १५–१५ को अन्तिम सेट खेलाईएको थियो ।

पाँचौ सेटमा नेपालले १५–८ को जित हात पारेको थियो ।

नेपालले दोश्रो र चौथो सेट २५–२३ र २५–२२ मा जितेको थियो भने बंगलादेशले पहिलो र तेश्रो सेट २५–१९ र २५–२० मा जितेको थियो ।

यस अघि मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३–१ ले जितेको थियो ।

22.12¡ÆC