संशोधनबारे भारतलाई अवगत गराउनु अन्यथा होइनः देउवा

भदौ १२, २०७४ मा प्रकाशित | 1098 views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा आफूले भारतलाई दिएको वचनबारे संसदमा प्रष्टिकरण दिएका छन् । उनले संविधान संसोधन नेपालको आन्तरिक विषय भए तापनि यसबारे अन्तर्राष्ट्रिय जगतलाई अवगत गराउनु अन्यथा नहुने भनाई राखे ।

‘संविधान संशोधनका विषयमा हामीले गरेको प्रयासबारे संयुक्त पत्रकार सम्मेलनमा मैले बोलेको छु,’ देउवाले भने, ‘यो विषयलाई राजनीतिक दलबाट व्यक्त विचार तथा सञ्चारमाध्यममा आएका टिप्पणीरुबारे मेरो ध्यानाकर्षण भएको छ ।’

‘संविधानको सर्वस्वीकार्यता कायम गर्दै संविधान कार्यान्यन गर्नु हाम्रो राष्ट्रिय एजेन्डा हुन् । हाम्रो राष्ट्रिय प्राथमिकताका विषयबारे राष्टिय अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु अस्वभाविक विषय होइन,’ प्रधानमन्त्री देउवाले भने ।

उनले थपे, ‘नेपालको शान्ति प्रक्रिया र लोकतन्त्रको संक्रमणकालमा सघाउदै आएका छिमेकी मित्रराष्ट्रबाट नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जिज्ञासा राख्नु नाजायज होइन । हाम्रो संविधान कार्यान्वयनका विषयमा कुनै पनि छिमेकीको हस्तक्षेप स्वीकार्य हुने छैन ।’

संविधानको कार्यान्वयन नितान्त नेपाल र नेपालीको आन्तरिक विषय भएको भन्दै उनले यसमा कसैसँग सम्झौता नभएको र हुन पनि नसक्ने बताए ।

उनले नेपाली नम्बर प्लेटका बुलेटको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुरा राखेको तर, मोदीले भारतमा भारतीय नम्बरप्लेटका बुलेट मात्रै सञ्चालन हुन सक्ने जानकारी गराएको देउवाले उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web