विद्यार्थी संगठनद्धरा जिशिअमाथि कालोमोसो र जुत्ताको माला

भदौ १२, २०७४ मा प्रकाशित | 1142 views

विद्यार्थी संगठनद्धरा जिशिअमाथि कालोमोसो र जुत्ताको माला

रोल्पा । नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् ।

सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री जागृतीले जानकारी दिए ।

जिशिअ पौडेलले जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजारसम्म घुस लिएको, विद्यालयको आवश्यकता भन्दा पनि फरक विषयका शिक्षक नियुक्ती गरेर घुस खाएको, घुस दिने शिक्षकहरुलाई समयमै तलब निकासा गर्ने अन्यको खाता रोक्का गर्ने गरेका कारण कारबाही गरिएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर ४/५ जना युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ ।

घटना लगत्तै नेकपा कर्याकर्ता हतारमा बाहिरिएका थिए । घटनामा संलग्न केहीको पहिचान भैसकेको र उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web