नेपालगञ्ज ।

युवा तथा खेलखुद मन्त्री राजेन्द्रकुमार केसीले बाँकेको अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदानको लागि एक करोड रुपैयाँ बजेट बिनियोजन भइसकेको बताउनुभएको छ ।

आज बिहान खेलकुद मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री केसीले क्रिकेट मैदान निर्माणका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

क्रिकेट मैदानको एक महिनाभित्रै डिपिआर गरी निर्माण कार्यलाई तिव्रता दिइने मन्त्री केसीले बताउनुभयो ।

उहाँले मैदानको कम्पाउण्ड निर्माणका लागि प्रशासन विभागलाई निर्देशन दिनुभएको छ । आजै उहाँले तेह्र बिघा क्षेत्रको समेत निरिक्षण गर्नुभएको थियो ।

17.12¡ÆC