यस्ता सांसद, जसले अपराधबाटै १६ वर्षमा साढे २९ करोड कमाए

भदौ ११, २०७४ मा प्रकाशित | 1327 views

काठमाडौं । तत्कालीन सद्भावना पार्टीका सांसद सञ्जयकुमार साहले आपराधिक गतिविधिबाट वर्षमा औसत २ करोड रुपैयाँ कमाएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानले देखाएको छ ।

विभागका अनुसार उनले १६ वर्षमा साढे २९ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी तवरले आर्जन गरेका छन् । विभागको २ वर्ष लामो अनुसन्धान प्रतिवेदन अनुसार साहले हत्या, अपहरण, फिरौती, जर्बस्ती असुलीलगायत अपराधजन्य गतिविधिबाट आर्जन गरेको चलअचल गरी २९ करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको सम्पत्ति १२ जनाका नाममा राखेको भेटिएको छ ।

साहविरुद्ध जनकपुर बम विस्फोट र सञ्चार उद्यमी अरुण सिंघानिया हत्या अभियोगको अनुसन्धानसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनी तथा आफन्तका नाममा भएको चलअचल सम्पत्ति समेत छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई २ वर्षअघि जिम्मा दिएको थियो ।

विभागको निर्देशनबमोजिम छानबिनको जिम्मा पाएको ब्यूरोले २ वर्ष लगाएर केहीदिन अघिमात्रै अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिएको छ । प्रतिवेदनअनुसार साह तथा उनका परिवार र आफन्त गरी १ दर्जन व्यक्तिलाई प्रतिवादी बनाउँदै २९ करोड ४७ लाख बिगो र सोहीबराबर जरिवाना र हदैसम्मको कैद मागदावी गरिएको रायसहितको प्रतिवेदन तयार पारिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web