बारा ।

ऋषी पंन्चमीको अवसरमा महिलाहरुले खाने बिशेष प्रकारको चामल जसलाई चिनोको चामल भन्ने गरिन्छ सो चामलको ठाउमा नक्कली चामल बेच्ने एक महिला पक्राउ परेकी छिन् ।

आम जनतालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले सोमारी देवी सहनीलाई पकँउ गरेको प्रहरी प्रवतmा भुनेश्वर साहले जानकारी दिनु भयो ।

कलैया बजारमा सोना मन्सुली चामललाई प्रति केजी रु ४० मा किनेर त्यसमा गेरुवा रंग इटाको रंग जस्तै रंग मिसायर प्रति पाउ रु ४० मा बेचेर ग्राहक ठगि गरेको आरोप सर्व सधारण लगाए पछि तिनलाई अनुसंन्धानका लागि पर्केको प्रहरीको भनाई रहेको छ ।

19.05¡ÆC