अफगानि सेनाको कारवाहीमा सय बढी तालिवानी लडाकुको मृत्यु

भदौ ९, २०७४ मा प्रकाशित | 1589 views

एजेन्सी ।

वितेको २४ घण्टामा अफगानी सेनाले चलाएको कारवाहीमा परि कम्तिमा १ सय १ बिद्रोही तालिवानी लडाकुको मृत्यु भएको छ ।

अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको मृत्यु भएको अफगानी सेनाले जनाएको छ ।

घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोही विरुद्ध अभियान चलाएको बताएको छ ।

मृत्यु हुनेमा एक जना उच्च तहका तालिवान नेता र सात जना विशेष तालिम प्राप्त तालिवानी लडाकू रहेको विज्ञप्ति मार्फत सेनाले जनाएको छ ।

कारबाहीका क्रममा सेनाले ६३ वटा एम्बुस राख्न प्रयोग गरिने खालका ठूला विष्पmोटक पदार्थ नियन्त्रणमा लिई निष्क्रिय पारेको जनाइएको छ । सेनाले कारबाहीका क्रममा १४ राउण्ड हवाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web