पोखरा ।

पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगिताको आज भएको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २५–१८ र २५–१२ ९३–०० ले पराजित गरेको थियो ।

प्रथम भएसँगै एपिएफले नगद रु ७५ हजार १०१ सँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै द्वितीय भएको न्यू डायमण्ड एकेडेमीले नगद रु ५० हजार १०१ तथा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१८, २५–१९, २२–२५ र २५–२२ ९३–१० ले पराजित गरी तेस्रो भएको छ भने पश्चिमाञ्चल भलिबल सङ्घ चौथो भएको छ । प्रतियोगितामा तेस्रो हुने टोलीले रु। २० हजार तथा चौथो हुने टोलीले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले विजयी टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

26.12¡ÆC