राप्रपाले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने

भदौ ४, २०७४ मा प्रकाशित | 767 views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदमा दफावार छलफल भइरकेको संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने भएको छ ।

राप्रपाको आइतबार हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले संशोधन प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

राप्रपाले मधेसका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेसको समग्र विकासमा आफू सदैव प्रतिबद्ध रहेको भन्दै मधेस केन्द्रीत राजनीतिक दलहरुलाई संविधानको मूल प्रवाहमा समावेश गराउन तथा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्नसमेत आफू सदैव सकारात्मक रहेको प्रष्ट पारेको छ ।

‘तर, संसदमा हाल विचाराधीन संविधान संशोधन विधेयकले मधेस र मधेसी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेस केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेको, विधेयक पारित गराउनेबारे स्वयं सत्तारुढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दू राष्ट्र पुनर्स्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशील रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web