मोरङ ।

बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक हप्तादेखि सेवा बन्द भएको विराटनगर विमानस्थल आजबाट आंशिक सञ्चालनमा आएको छ ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ ।

आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन् । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने तयारी थालेका छन् ।

23.22¡ÆC