संसद बैठक बस्दै, सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने

साउन ३२, २०७४ मा प्रकाशित | 815 views

काठमाडौं । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदको बुधबारको बैठकमा छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा संसदमा मंगलबार पेश भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बुधबार पनि छलफल हुन लागेको हो । संसदमा उठेका प्रश्नको प्रधनमन्त्री शेरबहादुर देउवाले जवाफ दिनु हुनेछ ।

एमाले उपाध्यक्ष भीम रावलले प्रस्ताव गर्नु भएको सार्वजनिक महत्वको प्रस्तावमा ऋषिकेश पोखरेल, कृष्णभक्त पोखरेल र शत्रुघन महतो समर्थक हुनुहुन्छ ।

बाढी पहिरोको दीर्घकालिन समाधान खोज्न जरुरी रहेको भन्दै सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो । प्रस्तावमा नेपाली भूभाग डुबानमा पर्ने गरी भारतले सीमा क्षेत्र र दशगजामा एकतर्फी बाँध बनाएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web