बाढी र डुवानका कारण राष्ट्रपतिको विराटनगर भ्रमण स्थगित

साउन ३१, २०७४ मा प्रकाशित | 1071 views

Default News Image

काठमाडौं । देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानका कारण ठूलो जनधनको क्षति भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्व निर्धारित विराटनगर भ्रमण स्थगित गरेकी छन्।

राष्ट्रपति भण्डारी मंगलबार विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको अवलोकन र कोशी अञ्चल अस्पताल अवलोकन र राधाकृष्ण रथयात्रा स्वर्ण महोत्सवमा सहभागी हुने कार्यक्रम थियो।

राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएकाले यस संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रपतिले निर्धारित कार्यक्रम रद्द गरेको जानकारी दिएको छ। राष्ट्रपति भण्डारी भदौ १६ गते का लागि तय भएको तीज, गौरा तथा जितिया पर्वको उपलक्ष्यमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा पनि सहभागी नहुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web