मनिषा मृत्यु प्रकरणः प्रेमीको पोलिग्राफ जाँच, रिपोर्ट सार्बजनिक केहिदिन पछि

जेष्ठ १८, २०७३ मा प्रकाशित | 1196 views

१८ जेठ, काठमाडौं ।

फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको मनिषाको शंकास्पद मृत्युको घटनाको सत्यतथ्य पत्ता लगाउन हत्या आरोपमा पक्राउ परेका  उनका प्रेमी  रुद्रनारायण (आशिष) चौधरीको पोलिग्राफ गरिएको छ । मृत्युको कारण पत्ता लगाउन प्रहरीले आज ५ घण्टा लगाएर प्रेमीको पोलिग्राफ जाँच गरेको हो । इलाका प्रहरी कार्यालय सुनवलमा  प्रहरीले चौधरीले बयानका क्रममा झुट बोलेको हो वा होईन भन्ने पत्ता लगाउन परिक्षण गरेका थिए ।

पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ । सोमबार मध्यान्ह पोलिग्राफ गर्ने भनिएपनि आशिषले आफूलाई टाउको दुखेको भनेपछि रोकिएको थियो । १७ बर्षिय मनिषाको शव जेठ १३ गते नवलपरासीको बर्दघाट–८ स्थित आफ्नै घरमा फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web