रेणुलाई फेसबुकमा गाली गर्ने निरब धरौटीमा रिहा

साउन १९, २०७४ मा प्रकाशित | 1003 views

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहाललाई फेसबुकबाट गालीगलौज गरेको आरोपमा पक्राउ परेका निरब ज्ञवाली धरौटीमा रिहा भएका छन् ।

प्रहरीले साइबर अपराधमा मुद्दा चलाउन अनुसन्धान गरिरहेका बेला जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्णराम कोइरालाले २५ हजार धरौटीमा रिहा गरेका हुन् ।

निरबको तर्फबाट बहस गर्ने वकिलहरुले उनीमाथि लगाइएको अभियोग राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र पुनः मतदानको मिति तोकिएपछि नियोजित रुपमा पूरानो उजुरीका आधारमा पक्राउ गरेको भन्दै उनीमाथि मुद्दा नचल्ने जिकिर गरेका थिए । आवेशमा गालीगलौज गरे पनि तत्कालै माफी मागको भन्दै वकिलहरुले उनको बचाउ गरेका थिए ।

निरबको पक्षबाट बरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्व अध्यक्ष शम्भु थापा, पूर्व उपाध्यक्ष टिकाराम भट्टराई, रमेश बडाल लगायतका २५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

दुई महिनाअघि भरतपुरको मतपत्र च्यातिएका बेला ज्ञवालीले फेसबुकबाट अपशब्द प्रयोग गरेको भन्दै रेणुका पतिले चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web