कपिलवस्तु ।

कपिलवस्तुमा बिसहवा खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका १ नौडिहवामा पर्ने बिसहवा खोला तर्ने क्रममा खोलाले बगाउदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

नौडिहवा स्थित आफन्तको घरमा १३ औं दिनको तिथीमा भेट्न गएका विजयनगर ४ त्रिपालनगरका ४५ वर्षीय कुस्ते सुनार र रोल्पा घर भएका ५० वर्षीय मित्रे सुनारको खोलाले बगाउदा मृत्यु भएको थियो ।

रातीको समयमा खोला तर्न खोज्दा वर्षाका कारण खोलामा आएको बाढिले बगाएको हुन सकने प्रहरीले जनाएको छ ।

विहान १० बजे भेटिएको शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरी निरीक्षक खिम बहादुर घर्तीले जनाउनुभयो ।

19.05¡ÆC