<p>पप्पु गुरुङ्, १८ जेठ, कञ्चनपुर । महाकाली नदीमा डुबेर बेपत्ता भनिएका भारतिय नागरिकको शवलाई आफन्तले जिम्मा लिएका छन् । भारतको लालकुवा, हल्दवानी, राजनगर ग्राम पञ्चायत निवासी अन्ताजी ३० वर्षिय बिनोद स्यामवालको महाकाली नदीमा डुबेर बेपत्ता भएको थिए । स्थानियहरुले महाकाली नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उनको शव हिजो अबेर राती दोधारा चाँदनी वडा नं. १० को नजिक रहेको महाकाली नदीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् । शवको प्राथमिक स्वास्थ्य चौकी दोधारा चाँदनीमा पोष्टमार्डम पछि आज आफन्तको जिम्मा लगाईएको छ् । आईतबार अपरान्ह करिब ३ बजेर ३० मिनेटमा ६ जना साथी संग मदिरा सेवन गरेर महाकाली झोलुङ्गे पुलको २ सय मिटर उत्तर दिशामा नदीमा तैरिने क्रममा आज बेपत्ता भएको भारतिय नागरिक स्यामवालका साथीहरुले जनाएका छन् । <br><br><br></p>
28.12¡ÆC