वायुसेवा बेथिति: विदेशी पाइलटलाई मासिक साढे २६ लाख तलब

साउन १९, २०७४ मा प्रकाशित | 627 views

काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप–हाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ।

निगमलाई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपूर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ वर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रूपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको हो।

गेबले निगमको जहाज उडाउने काम भने गर्दैनन्। उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, निमय पालनालगायत हेर्ने हो।

त्यसैगरी निगमले न्यूजसिल्याण्डका पेनिएटा माएभालाई मासिक १८ लाख रूपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज ‘वाई १२ई’ को प्रशिक्षक पाइलट नियुक्त गरेको छ। माभालाई निगमले दोस्रो पटक नियुक्त गरेको हो।

‘गेबलाई महिनाको २६ लाख रूपैयाँ र माएभालाई १८ लाख रूपैयाँ तलब दिने गरी नियुक्त गरेका छौ,’ निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने,‘गेबको विज्ञता जहाज उडाउने होइन, वायुसेवा कम्पनी सञ्चालन चुस्त दुरूस्त बनाउने हो। माएभा चाही वाई १२ई जहाजको अंग्रेजी बोल्न सक्ने गरी विश्वका दुई मध्ये एक प्रशिक्षक पाइलट हुन्। त्यही भएर उनीहरूलाई त्यती ठूलो रकम दिनु कुनै ठूलो कुरा होइन’ आजको नागरिक दैनिकमासमाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web