चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको निरिक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज चितवन आउँदै हुनुहुन्छ ।

विहान ९ बजे भरतपुर स्थित आँपटारीमा आईपुग्ने र स्थलमार्गबाट दासढुंगासम्म सडकको अनुगमन गर्नुहुने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

दासढुंगा नजिकै एक कार्यक्रमका वीच प्रधानमन्त्री देउवाले सडक निर्माण आयोजनालाई निर्देशन दिनुहुने कार्यक्रम रहेको भट्टले जानकारी दिनुभयो ।

अन्य क्षेत्रको हवाई मार्गबाटै अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ । मुग्लिन सडक पुननिर्माणको काम तिब्र भएपनि म्याद सकिंदा सम्म आधा मात्रै काम भएको छ ।

20.12¡ÆC