भरतपुर १९ मा फेरि चुनाव गर्न सर्वोच्चको आदेश, एमालले चुनाबमा सहभागी होला ?

साउन १५, २०७४ मा प्रकाशित | 853 views

काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको छ । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो ।

फेरि मतदान गर्ने निर्वाचनआयोगको निर्णयविरुद्ध वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्चमा रिट हाल्नु भएको थियो । त्यो रिटमाथि सुनवाई गर्दै न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो । पटक पदक रोकिएको यो मुद्दामा आज रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले जवाफी बहस गरेका थिए ।

कुल २८१८ मत खसेको भरतपुरको १९ नम्बर वडामा १८ सय मत गनेर सकिएर अन्तिम हुँदै गर्दा मेयरमा माओवादी उम्मेदवार रेणु दाहालको पक्षमा सोचेजति मत नआएपछि माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीको दुईजना गणना प्रतिनिधिलाई तत्काल गिरफ्तार गरी चितवन जिल्ला अदालतमा मुद्दा दायर भयो । पछि उनीहरु धरौटीमा रिहा भइसकेका छन् । २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेको थियो । गणनाको अन्तिम नतिजा आउँदासम्म एमालेका ज्ञवाली माओवादीकी दाहालभन्दा ७ सय ३३ मतले अघि हुनुहुन्थ्यो ।

रिटको पक्षमा बहस गर्ने वकिलहरुले पुनः मतदान गर्ने योजना अनुरुप भरतपुरमा माओवादी कार्यकर्ताले मतपत्र च्यातेको भन्दै यस्तो अपराधकर्मलाई प्रोत्साहन गर्ने गरी फैसला गर्न नहुने जिकिर गरेका छन् ।

मतगणनास्थल कब्जा भएको नदेखिएकाले गलत कामको नजिर बस्न नदिनेगरी निर्णय हुनुपर्ने उनीहरुको माग गरेका थिए । तर  सर्वोच्च अदालतले मतगणनास्थल कब्जा भएको भन्दै फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयलाई नै सदर गरेपछि भरतपुर १९ मा पुन मतदान हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web