मुस्ताङ घुमेर फर्केको एक जोडीद्धारा नेपालकै अग्लो झोलुङ्गेपुलवाट हामफालेर आत्महत्या

साउन १५, २०७४ मा प्रकाशित | 660 views

कुश्मा ।

नेपालकै अग्लो पर्वत सदरमुकाम कुश्मास्थित कुश्मा–ज्ञाँदी झोलुङ्गे पुलबाट हाम फालेर एक जोडीले आत्महत्या गरेका छन् ।

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार धरान उपमहानगरपालिका ११ का २६ को अकिन गुरुङ र ललितपुर उपहानगरपालिका १४ घिलाहितिकी २५ वर्षीया मुना राना भएको खुलेको छ ।

केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउँसो कुश्मा आसपास घुमफिर गरेर राति पुलबाट हाम्फालेको हुनसक्ने घटनास्थलबाट फर्किएका प्रहरी निरीक्षक मधुकरजंग विष्टले बताउनु भयो ।

‘दिउँसोदेखि साँझसम्म पुलनजिकैको होटलमा बसेर खाजा खाएछन,’ विष्टले भन्नुभयोे, ‘साँझ त्यहाँ बास नपाएपछि कुश्मातर्फ फर्किएका उनीहरुले पुलमै व्याग छोडेर आत्महत्या गरेछन् ।’

पुलको बीच भागमा फेला परेको व्याग स्थानीयले जिल्ला कारागारस्थित प्रहरी बिटमा बुझाएका थिए । व्यागमा फेला परेका कागजातका आधारमा उनीहरुको पहिचान खुले पनि घटनाको रहस्य पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

व्यागमा टेन्टलगायत केही बन्दोबस्तीका सामानहरु समेत रहेको प्रहरीले जनाएको छ । दुबैका घरपरिवारमा खबर गरिएकोले आफन्त नआएसम्म दुबैजनाको शव जिल्ला अस्पताल पर्वतको शवगृहमा राखिने जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

दुबैजनाको शव पुलदेखि करिब १४० मिटर तल मोदीखोला किनारमा आइतबार बिहान ११ बजेतिर फेला परेको हो । आफन्तहरु सनाखतको लागी आउँदै गरेकाले अन्य थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web