<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले स्थानीय तहको चुनावअन्तर्गत विभिन्न जिल्लाका लागि जिल्ला समन्वय परिषद् प्रमुख र उपप्रमुखको उम्मेदवारी टुंगो लगाएको छ ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">बैठकले पार्टी जिल्ला कमिटी र प्रदेश संगठन कमिटीको सिफारिस र सुझावको आधारमा जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखको उम्मेदवारी छनोट गरेको हो । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">रामेछाप प्रमुखमा पे्रमबहादुर खड्का, उपप्रमुख दीपा पाख्रिन, रसुवाको प्रमुखमा कुलप्रसाद भट्ट, उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरको प्रमुखमा रघुनाथ खुलाल, उपप्रमुखमा भगवती पुडासैनी, भक्तपुरको प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवरलाई उठाउने छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">यस्तै एमालेले डोल्पा जिल्ला समन्वय परिषदको प्रमुखमा शेरबहादुर बुढा, सल्यानको उपप्रमुखमा कुलबहादुर गिरी, कालिकोटको प्रमुखमा पे्रमबहादुर शाही, उपप्रमुखमा सरिता आचार्य, जाजरकोटको प्रमुखमा गोरे कार्की, उपप्रमुखमा कमलादेवी शाही, हुम्लाको उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतको प्रमुखमा टोपबहादुर राजकोटी, उपप्रमुखमा दीपा मल्ल, मुगुको प्रमुखमा पुर्णबहादुर रोकाय, उपप्रमुखमा कर्णशिला मल्ल, खोटाङको प्रमुखमा बबी चाम्लिङ, उपप्रमुखमा गोमा खत्री, इलामको प्रमुखमा गणेश बराल, उपप्रमुखमा चित्रकला बराइली, बझाङको प्रमुखमा खड्गबहादुर खड्का, उपप्रमुखमा भागिरथी अवस्थी जोशीको नाम टुंगो लगाएको हो । बैठकमा अध्यक्ष केपी ओलीले आफनोे चीन भ्रमणको बारेमा जानकारी गराउनुभएको थियो । </p>
22.41¡ÆC