काठमाडौं ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्व विधिसम्मत र प्रभावकारीरुपमा नचल्दा स्थानीय तह निर्वाचनमा दोस्रो स्थानमा खुम्चनु परेको बताउनुभएको छ ।

नेपाल तरुण दल काठमाडौँले आयोजना गरेको भ्रातृ संस्था महाधिवेशनबाट निर्वाचित भए पनि विधानसम्मत काम गर्न नसकेको बताउनुभयो ।

युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले पार्टी र भातृ संस्थाले विगतका गतिविधिको समीक्षा गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस

22.12¡ÆC