<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">जनकपुर । महोत्तरीको भ्रमरपुराबाट जनकपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । घाइते मध्येमा दुई जनाको अवस्था चिन्ताजनक छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">शनिबार दिउँसो महोत्तरीको भ्रमरपुराबाट यात्रु लिएर जनकपुर आउँदै गरेको ना २ ख २५० नम्बरको बस रतौलीको पुल नजिक सडक छेउमा पल्टेको हो । बसमा रहेका २५ जना घाइते भएको र उनीहरुको उपचार जनकपुरको जानकी हेल्थकेयरमा भइरहेको छ । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">बसमा सबार यात्रु जनकपुर उपमहानगरपालिका १३ पिडारी बस्ने किशोरी राउका अनुसार बस तिव्रगतिमा भएको कारण अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटना हुनुपूर्व नै चालक हामफालेर फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । </p>
16.09¡ÆC