<h3 class="lead" style="font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">काठमाडौं । नेकपा एमालेले प्रदेश नम्बर–दुईको चुनावमा पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">एमाले स्थायी कमिटीको आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले आगामी असोज २ गते हुने प्रदेश नम्बर-२ को निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने गरी सकृयरुपमा जुट्न कार्यकर्तालाई निर्देशन दिने निर्णय गरेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">चुनाव आफ्नो पक्षमा पार्न प्रदेश नम्बर–२ मा प्रभावशाली केन्द्रीय सदस्यहरु परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">क्षेत्र निर्धारण आयोगलाई पार्टीको तर्फबाट समन्वय गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको कार्यदल बनाएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
<p style="margin-top: 0.6em; line-height: 1.9; font-size: 1.245em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">बैठकले विभिन्न ठाउँमा जिल्ला समन्वय समितिमा उम्मेदवारी दिने नेताहरुको बिषयमासमेत छलफल गरेको छ ।
26.12¡ÆC