<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">डोटी । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री भएको ५० दिनपछि देउवाले थप १९ जनालाई बुधबार मन्त्री नियुक्त गरेका हुन् । दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्दा डोटीका वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्री पदमा नियुक्त भएका छन् ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">केहि दिन यताको रस्सा कस्सि र चर्चा पछि अन्तत बुधबार आएर नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका बलायर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएका हुन् ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">बलायर लगायत १५ जना मन्त्रीहरुलाई राष्ट्रपती विद्या देवी भण्डारीले बुधबार राष्ट्रपती भबन सितल निवासमा सपथ ग्रहण पछी बलायरले डोटीबाट दोश्रो मन्त्री बन्ने सौभाग्य प्राप्त गरेका हुन् ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">बलायरले सपथ ग्रहण खाए लगत्तै उनको गृहजिल्ला डोटीमा खुसियाली छाएको छ । भौतिक पूर्वाधार जस्तो मन्त्रालय हात पारेपछी सुदूरपश्चिकाबासिहरुले अब यस क्षेत्रका सडकहरुको अवस्था सुध्रिने र विकास हुने अपेक्षा गरेका छन ।
<h3 data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; text-align: justify;">को हुन बलायर ?
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">२०४६ सालमा त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी आन्दोलनबाट चर्चामा आएका बलायरले २०७० सालको निर्वाचनमा डोटीको क्षेत्र नम्बर १ बाट विजयी हासिल गरेका थिए । प्रदीप देउवा भन्दा अघिल्लो कार्यकालमा डोटी कांग्रेसका सभापति पद समालेका बलायरले २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा डोटी क्षेत्र नम्बर १ बाट हार ब्यहोर्नु भएको थियो ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">वि.सं २००८ सालमा डोटी स्थित पहिलेको लाटामाण्डौ र अहिलेको शिखर नगरपालिका ८ मा जन्मेका बलायरले प्राथमिक शिक्षा गाउँकै लाटामाण्डौँ प्राथमिक विद्यालयबाट हासिल गरेका थिए ।
<p data-mce-style="text-align: justify;" style="color: rgb(51, 51, 51); font-family: Georgia, "Times New Roman", "Bitstream Charter", Times, serif; font-size: 16px; text-align: justify;">सिताराम उच्च माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका उनले सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट आइएसी गरेपछि उच्च शिक्षा हासिल गर्न काठमाण्डौँ गए । उतैबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए ।
25.12¡ÆC