चरिकोट ।

६ वर्ष अघि आफ्नै मामाको हत्या गरेको अभियोगमा दोलखाको भीमेश्वर नगरपालिका ३ चरिकोटका विक्रम विकलाई प्रहरीले पक्राउ गरेको छ ।

करिब ६ वर्ष अघि कालिञ्चोक जाने बाटोको फलामे गौडो भञ्ज्याङ नजिकै भीमेश्वर नगरपालिका ३ का विनोद धनुकेको शव फेला परेको थियो ।

मामा भाञ्जा विनोद र विक्रम कालिन्चोक दर्शन गर्न गएकोमा मामाको हत्या गरेर फरार रहेका उनलाई दोलखा प्रहरीले पक्राउ गरेको हो ।

सँगै गएका मामा भान्जा दुबै घर नफर्किएपछि २०६८ मंसिर ११ गते मामा विनोदको शव फेला परेको थियो ।

अनुसन्धानपछि सँगै कालिन्चोक गएका मृतकका भाञ्जा विक्रमलाई उनकै मामाको हत्या अभियोगमा पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

पक्राउ परेका विक्रमलाई म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जानकरी दिएको छ ।

20.98¡ÆC