४४ लाख मत बदर : दुई मत ल्याउने दल को हो ?

साउन ११, २०७४ मा प्रकाशित | 1063 views

काठमाण्डौ ।  निर्वाचन आयोगका अनुसार दोस्रो चरणमा निर्वाचनमा ६४ लाख ५० हजार ६४८ कुल मतदाता रहेकामा ३४ लाख ४८ हजार २९६ मतदाताले मतदान गरेका थिए।  खसेको मत जम्मा ७६.५१ छ भने सदर मत प्रतिशत ८७.३२ छ।  यस निर्वाचनमा १२.६८ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा बढी मत बदर कपिलवस्तुमा २२.७२ प्रतिशत मत भएको छ भने सबै कम गुल्मी जिल्लामा ५.६२ प्रतिशत।  कपिलवस्तुमा सात पदका लागि तयार पारिएको मतपत्रमा तीन लाख ५१ हजार १९ मत बदर भएको पाइएको हो।  आयोगले एउटा मत पत्रलाई छ समूहमा विभाजन गरी सात पदमा मतदानको व्यवस्था गरेको थियो।  सदस्यको मतचिह्नमा रहेका एक र दुई चिह्नलाई आयोगले एउटै समूहमा राखेको थियो।

यस निर्वाचनमा स्वतन्त्रसहित ३४ वटा राजनीतिक दलले भाग लिएकोमा सबैभन्दा बढी नेकपा एमाले र सबै कम चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मत प्राप्त गरेका छन्।

आयोगका अनुसार निर्वाचनमा एमालेले सातवटै पदमा गरी एक करोड तीन लाख ८४ हजार ५३६ मत पाएको थियो भने सबैभन्दा कम ल्याउने चुरे भावरले दुई मत मात्र प्राप्त गरेको छ।  सो दलले प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउँदा दुई मत प्राप्त गरेको आयोगको अभिलेखमा देखिएको छ।

यसैगरी संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले ९६ लाख ११ हजार २०८, माओवादी केन्द्रले ४९ लाख ७९ हजार ६०८ मत प्राप्त गरेको छ।  १० हजार भन्दा कम मत प्राप्त गर्ने दलको सङ्ख्या २१ छ भने सयभन्दा कम मत प्राप्त गर्ने दलको सङ्ख्या सात छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web