यसरी कोलेस्ट्रोल र ट्राइग्लिसेराइड खानाबाटै नियन्त्रण गर्नुहोस् ?

साउन ९, २०७४ मा प्रकाशित | 2127 views

उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको प्रमुख कारण अस्वस्थ आहार सेवन गर्नु हो । सोही कारण खानपिनमा सुधार गरे अधिकांश व्यक्तिमा विनाऔषधि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ र धेरै बिरामीमा औषधिको मात्रा घटाउनुका साथै बन्द पनि गर्न सकिन्छ । औषधि खानैपर्ने अवस्थामा डाक्टरको सल्लाह गर्न जरुरी छ । ट्रायल पिरियड ३ देखि ६ महिनामा खानाबाट नियन्त्रण नभएमा औषधिको प्रयोग गर्नु उचित हुन्छ । सुरुमै अत्यधिक उच्च कोलेस्ट्रोल र ट्राइग्लिसेराइड देखिएमा थोरै समयका लागि चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी, जीवनशैलीमा परिवर्तन गरेर यसलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भयो भने हार्टअट्याक भई मान्छेको ज्यानैसमेत जान सक्छ । त्यस कारण निम्न लिखित कुरा अपनाउन जरुरी छ ।

भात कम गर्ने, रोटीको मात्रा बढाउने
भातमा कार्बोहाइड्रेड बढी हुने भएकाले यसको जति कम प्रयोग गर्न सकिन्छ, उत्ति नै स्वस्थकर हुन्छ । भात बढी खानेहरूमा ट्राइग्लिसेराइड बढी हुने र राम्रो कोलेस्ट्रोल कम हुने गरेको पाइन्छ । गहुँ र मकैभन्दा भातमा फाइबर र अन्य पोषण तत्वहरू पनि कम हुन्छ । त्यसैले कोलेस्ट्रोल नियन्त्रणका लागि भातको मात्रा एकदमै घटाउनुपर्छ । अर्थात्, पेटभरि खाना नखाने, आधा पेट मात्रै भात खानुपर्छ । गहुँ र मकैको रोटी बढी प्रयोगमा जोड दिन जरुरी छ । भातको धेरै प्रयोगले मधुमेहलगायत भविष्यमा मुटुरोगको पनि खतरा बढाउँछ । ट्राइग्लिसेराइड नियन्त्रण गर्न भात थोरै खानु लाभदायक हुन्छ ।

दाल, गेडागुडी बढी खाऔँ
कोलेस्ट्रोल नियन्त्रणका लागि दाल तथा गेडागुडी सकेसम्म धेरै खानु उत्तम हो । यसमा फाइबर धेरै हुन्छ, चिल्लो हुँदैन, कार्बोहाइड्रेड पनि कम हुन्छ । निरोगी र रोगी दुवैका लागि यो सर्वोत्तम आहार हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web