फेरि डा. केसीको अनशन किन ?

साउन ९, २०७४ मा प्रकाशित | 1084 views

काठमाडौं  । सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै इन्स्टिच्युट अफ मेडिसिन ९आईओएम० का प्राध्यापक डा। गोविन्द केसीले फेरि अनशन बस्ने घोषणा गरेका छन्। सोमबारदेखि बस्ने भनिएको उनको यसपटकको अनशन ११औं पटकको हुनेछ।

आफूसँग विगतमा भएका सम्झौता सरकार र राजनीतिक दलले बारम्बार उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसद्बाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै उनले फेरि अनशनको घोषणा गरेका हुन्। ‘मसँग भएका सम्झौता कार्यान्वयन भएनन्।

त्यसैले सोमबार साँझ चार बजेदेखि सत्याग्रह सुरु गर्दै छु’, डा।केसीले भने। उनले विधेयक पारित नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत प्रमुख दलका शीर्ष नेता तथा स्वार्थको द्वन्द्वमा फसेका संसदीय समितिका सदस्य मुख्य जिम्मेवार रहेको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web