गुल्मी । गायक दिनेश पाण्डे र गायिका इन्दिरा गैरेको मौलिक सन्देशमूलक तिज गीत बजारमा आएको छ। दुवै कलाकारले महिलाहरुको महान् पर्व हरितालिका तिज पर्वलाई मध्यनजर राखेर बजारमा आएको ‘मायाले खान दिन्न बरिलै’ बोलको गीत बजारमा ल्याएका हुन्। दिनेश पाण्डेको लय शब्दमा तयार गरिएको गितमा दिनेश पाण्डे र ईन्दिरा गैरेको स्वर रहेको छ ।

दुई जोडीबीच मायाले मात्र खान दिन्न जसरी हुन्छ खानलाई कमाउनुपर्छ भन्ने भाव गीतमा रहेको गायिका इन्दिराले बताइन्। बाचुन्जेल पैसा चाहिन्छ पैसाल कमाउनुपर्छ बेलैमा भन्ने गीतको मुख्य भाव रहेको छ। जागिर गर्नुपर्छ भन्ने महिलाको आग्रह र माया ठूलो हो भन्ने पुरुषको भनाइ उक्त गीतमा समावेश गरिएको छ।

विदेश नगएको नेपालमा कृषि पेसा अपनाएकोले धन नहेर्ने गायकको आग्रहमा गायिकाको जीवन जिउनको लागि पैसा नै चाहिने मायाले मात्र खान नदिने कथा वस्तुमा गीत तयार भएको छ। विष्णु भट्टराईको निर्देशन र छायांकनमा तयार गरिएको गीतमा किशोर, जुनु, लभ्ली नारायण, सरोज, मेलिना, सुशीलाको अभिनय रहेको छ। गीतलाई सप्तक डिजिटल प्रालिले बजारमा ल्याएको छ।

16.33¡ÆC