नक्कली नोटसहित २ जना पक्राउ

साउन ८, २०७४ मा प्रकाशित | 723 views

विराटनगर । नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न विराटनगर महानगरपालिका -६ का २२ वर्षे संगित महतो र विराटनगर महानगर-७ का २१ वर्षे सुमन तोलाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ५०० सयका ३ सय ४८ थान अर्थात १ लाख ७४ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक समेत गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्दिप भण्डारीका अनुसार पक्राउ गरिएका २ जनालाई विराटनगर ९ स्थित रघुनाथ पेट्रोल पम्प पछाडिबाट नियन्त्रणमा लिइएको हो ।

भण्डारीले संकास्पद रुपमा हिँडिरेहको अवस्थामा संगित महतोलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा नक्कली नोट भेटिएको बताए ।
अर्का सुमन तोलाङीवाट ५ सय दरका १ सय ९८ थान नक्कली नोट ९९ हजार फेला परेको भण्डारीले जानकारी दिए ।

उनीहरु दुवै पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web