मन्थली ।

पोलबाट चुडिँएर भुइमा लत्रिएको बिजुलीको तारबाट करेण्ट लाग्दा रामेछापको गोकुलगंगा गाउँपालिकामा घाँस काटेर घर फर्किर्दै गरेका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका – नामाडीका ३६ वर्षीय रेवती खड्का र ४५ वर्षीय शर्मिला खड्का छन् । सोही घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

खेतबाट फर्किने क्रममा हिजो साँझ करेन्ट लागेर घाइते भएका दुवै जनालाई उपचारका लागि दोलखाको जिरी अस्पतालमा ल्याइए पनि चिकित्सकले मृत घोषण गरेको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक महोन आचार्यले जानकारी दिनुभयो ।

26.12¡ÆC