नेपालगञ्ज ।

चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड भएको बहाना बनाएर नेपाल चिकित्सक संघ भेरीको अगुवाईमा चिकित्सकहरुले आज दोस्रो दिन पनि बाँकेका अस्पतालमा कामकाज ठप्प पारेका छन् ।

इमरजेन्सीबाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सयौं विरामीहरु विचल्लीमा परेका छन् ।

गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा दुव्र्यवहार भएको चिकित्सक संघले जनाएको छ ।

दोषीहरुलाई पक्राउ नगरिएसम्म आन्दोलन जारी राख्ने संघका भेरी सचिव डा. आर के झाले वताउनुभयो ।

संघको आजै विहान बसेको बैठकले दोषीलाई पक्राउ नगरिएसम्म आन्दोलन नरोक्ने निर्णय गरेको हो ।

17.5¡ÆC