मतदाता नामावली संकलन गर्ने समय बढाउन एमालेको आग्रह

साउन २, २०७४ मा प्रकाशित | 799 views

काठमाडौं ।

नेकपा एमालेले मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिन र उपयुक्त प्रक्रिया अवलम्बन गर्न आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई भेटी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोलीले आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी मतदाता नामावली अद्यावधिक गर्न माग गरेको हो ।

एमालेले नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गर्न आग्रह गरेको भेटपछि एमाले नेता नेम्वाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web