जिल्ला समन्वय समिति गठन गर्न निर्वाचन अधिकृत नियुक्तगर्ने आयोगको निर्णय

साउन २, २०७४ मा प्रकाशित | 884 views

काठमाडौं ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन सम्पन्न भएका तीनवटा प्रदेशका ३१ जिल्लामा जिल्ला समन्वय समिति गठन गर्नका लागि निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरुको निर्वाचनका लागि यही साउन ७ गतेबाट लागुहुने गरु िनिर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये राजनीतिक दलले उम्मेदवारी दिँदा एकजना महिला उम्मेदवार हुनैपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

संविधानको धारा २ सय २० अनुसार हुन लागेको यस निर्वाचनमा जिल्ला सभाले एकजना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीनजना  महिला र एकजना दलित वा अल्पसङ्ख्यकसहित बढीमा नौ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

निर्वाचन अधिकृतले साउन ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय खोल्ने र २१ दिनभित्र निर्वाचनको सम्पूर्ण कार्य पूरा गर्नुपर्ने छ ।

पहिलो चरणमा निर्वाचन भएका चितवन, रुकुम र नवलपरासीमा भने जिल्ल समन्वय समितिको निर्वाचन पछि हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web