काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा)को प्रयोग आजबाट औपचारिक रुपमा सुरु गरेको छ । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोगको उदघाटन गरेका छन् ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ ।

यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गर्ने हो भने इन्टरनेट चलाउन सकिन्छ । त्यसैगरी इमेल सर्भरमा जडान गरिने हो भने व्यक्तिगत इमेल ठेगाना खोलेर पनि यो प्रविधिबाट इमेल पठाउन सकिन्छ ।

यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुबिधा छैन त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले उपयोगी हुन्ो नेपाल प्रहरीको विश्वास छ ।

कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकोले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । प्रहरी राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पुर्याउन प्रविधि महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

16.09¡ÆC