भाइरल भिडियो-‘बच्चा ढलमा डुबेपछि म त भिडियो खिच्दै रुन थालेछु’ (भिडियो/फोटो फिचर)

असार ३१, २०७४ मा प्रकाशित | 4400 views

त्यस्तै पौने पाँच जति बजेको थियो होला । म सामाखुशी चोकमा भाउजुको व्युटि पार्लरमा भाउजु र दिदीसँगै बसिराखेको थिएं ।

कलेजबाट फर्कीएपछि बसीरहेकोले मैले साथिहरुलाई म्यासेन्जरमा हाम्रो कलेजको बस ल हेर भन्दै फोटो भिडियो पठाइराखेको थिएं । पानी परेर सामाखुशी चोकमा हिँड्नै नसक्नेगरि पानी जमेको थियो ।

मोटरसाइकल, साइकल पानीमा लड्दै उठाउँदै मान्छेहरु सकिनसकी हिँडीराखेका थिए । घुँडा भन्दा माथिसम्म पानी जमेको ठाउँबाट मान्छेहरु सकिनसकी बाटो काटीराखेका थिए । मैले कति फोटो र भिडियो खिच्दै साथीहरुलाई पठाइराखेको थिएं ।

बाटो र खाल्डो कहाँ छ भन्ने थाहा नै नहुनेगरि पानी जमेको थियो । कत्ती मान्छे पानी जमेको खाल्डोमा कम्मरसम्म डुब्दै निक्लँदै गरेको देखिराखेको थियो ।

त्यत्तिकैमा ९/१० बर्षको एउटा नानी सडकबाट त्यो पानी जमेको ठाउँतीर आउँदै थियो । मैले भिडियो खिच्न सुरु गरेको मात्र थिएं । अनि हामीले त्यो बच्चा अब ढलमा डुब्छ त्यताबाट नगए हुन्थ्यो भन्दै कुरा गर्न थालेका मात्र थियौं । नभन्दै त्यही ढलको पानी बग्ने खुल्ला भएको ठाउँतीरबाट गयो ।

मेरो त भिडियो खिच्दा खिच्दै सात्तो गयो । मत कराउँदै रुन थालें । तर त्यो नानी २० मिटर जती तल निक्लियो । अनि एउटा मान्छेले पानी बगेको ठाउँबाट समातेर निकाले ।

मैले भिडियो खिच्न छाँडे अनि हामी सबै तल गएर त्यो नानीलाई हेर्यौं । धन्न केही भएनछ ।

त्यो ढल तल खुल्ला रहेछ र त्यो नानी बाँच्यो । यदी बिचमा केही अड्केको भए वा त्यो प्वाल बन्द भएको वा अली तल मात्र खुल्ला भएको भए त्यो नानीलाई जे पनि हुनसक्थ्यो । धन्न केही भएन ।

अचम्म के भने त्यो नानी त्यस्तो धेरै पानी जमेको ठाउँमा पनि एक्लै नडराई गएको थियो अनि त्यस्तो ढलमा छिरेर निक्लँदा पनि पौडी खेलेजस्तै गरि निक्लेको थियो । अनि स्कुलको झोला पनि बोकेको बोक्यै थियो । धन्न अलि दरो मुटु भएको बलियो रहेछ ।

ढल खुल्ला रहेको बालीका डुबेको स्थान । जहाँबाट पानी बगेको तस्विरमा देख्न सकिन्छ ।

हामी तल पुग्दा त मान्छेहरु भिँड लागिसकेको थियो । त्यो नानीलाई हेर्न । कतैपनी केही घाउचोट नभएको देखेर हामी खुशी भएर कुरा गर्दै फर्कीयौं । हेर्ने मान्छेहरुको भिड लागेका कारण त्यो नानीसँग कुरा गर्न पाएनौं ।

अनि हामीले यस्तो भयो नि भनेर भन्दा कसैले पत्याएन । मैले भिडियो देखाएपछि सबै आत्तीए । कत्ती मान्छे त आम्मा नी भन्दै जिब्रो काटे । पछि मैले यस्तो भयो नि भनेर ठूलो आमाको छोरा शरण आलेमगरसँग कुरा गरें । मैले भिडियो पनि खिचेको छु भनेपछि उहाँले फेसबुकमा राखन भन्नुभयो ।

मैले यस्तो भिडियोपनि के राख्नु भने । अनि उहाँलाई पठाइदिएं । उहाँले राख्नुभएछ । हामीले एक दुई हजार मान्छेले त हेर्छन् होला भिडियो भन्ने सोचेका थियौं । तर भिडियो त त्यत्तिकै भाइरल भयो ।

कति मान्छेहरुले भिडियो हेरेर के भिडियो खिचेर बसेको बचाउन नगएर भनेर पनि भने हामी चार तल्ला माथि थियौं घरमा । जान सम्भव नै थिएन । अनि मैले भिडियो खिचेर नै सबैले हाम्रो सडकको अवस्था र दुर्घटनाबारे जान्न पाए । धेरैले राम्रो भिडियो खिच्नुभएछ पनि भन्नुभएको छ ।

कतिले त कसरी यस्तो डर लाग्दो भिडियो खिच्न सक्यौ पनि भनेका छन् । खिच्नु भनेर नै खिचेको होइन । यस्तो हुन्छ ल खिच भनेको भए म पनि कहाँ सक्थें होला र । भिडियो खिच्दा खिच्दै त डरले मेरो सात्तो गइसकेको थियो म रुन थालिसकेको थिएं । झन त्यहीं भएको भए वा पहिले नै यस्तो हुन्छ खिच भनेको भए मेरो आँट नै आउने थिएन ।

हिजो शुक्रबार भएको घटना हो यो । आज साँझ सम्ममा १० लाख बढी मान्छेले भिडियो हेरिसकेका छन् । अरुले पनि राखेका छन् यो भिडियो झन् कतिले हेरेका होलान् ।

त्यो नानीको नाम चाहीँ आज थाहा पाएं, सत्या सापकोटा नाम हो भन्ने सुनेको छु ।

मैले भिडियो खिच्नु अनि भाइरल बनाउँछु भनेर खिचेकै हैन । तर भाईरल भनेको के भनेको यस्तो रहेछ नसोचेको भिडियो धेरैले हेरेर लाईक, कमेन्ट, सेयर गर्नुभएको छ ।

फ्रेण्ड रिक्वेस्ट म्यासेज पनि यो भिडियो मैले खिचेको भन्ने थाहा पाएपछि आएको आयै छ । राम्रोसँग बुझ्न खोज्ने मान्छेहरुलाई मात्र रिप्लाई दिएको छु अरु खासै हेर्न र रिप्लाई दिन भ्याएको छैन ।

यो भिडियो हेरेपछि सबैले हाम्रो देश अनि सडकको अवस्था कस्तो छ भनेर बुझ्न पाएका छन् । धेरै ठूला मान्छेहरुले पनि भिडियो हेरे होलान् । सबैले यस्तो बिजोग सडकका कारण, लापरवाहीले दुर्घटना भएको भन्दै नेताहरुको गाली गर्दै लेखेका छन् । मेरो भिडियोका कारण सडकको यस्तो बिजोग र ढल बन्यो भने मलाई त्यही नै सबैभन्दा खुशी लाग्छ ।

(विजेश्वरी ज्ञानमन्दीर सैनिक महाविद्यालयमा कक्षा १२ मा अध्ययनरछ सुशीला थापा मगरसँग टपनेपालन्युजडटकमका लागि गोकर्ण अधिकारीले गर्नुभएको कुराकानी ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web