काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दलबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको काठमाडौंमा आज उद्घाटन गर्नुहँदै प्रधानमन्त्री देउवाले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुरले ‘निःशल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था आकर्षक र प्रभावकारी भए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभयो ।

निःशुल्क व्यवस्थाको उचित लाभ कामदारले पाउन नसकेको उल्लेख गर्दै राजनीतिक दल, मजदुर संगठन र व्यवसायीसँगको छलफलबाट यो व्यवस्था पुनरवलोकनका लागि पहल गरिने बताउनुभयो ।

सङ्घको नयाँ नेतृत्वका लागि आज हुने मतदानका लागि विमल ढकाल र रोहन गुरुङ नेतृत्वका दुई समूहको उम्मेदवारी परेको छ ।

19.91¡ÆC