काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउन महिनाभर बनाउन माग गरेका छन् ।

उनीहरुले स्थानीय तहमै मतदाता नामावली संकलनको व्यवस्था मिलाउन र आफू बसेकै जिल्लाबाट पनि नाम दर्ता गर्न पाउनुपर्ने माग समेत छन् ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै साउन १ गतेदेखि १५ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा तोकेको छ ।

शुक्रबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवलाई छुट्टा छुट्टै भेटेका कांग्रेस र माओवादीका नेताहरुले आयोगले दिएको १५ दिनको समयसीमा अपुग हुने भन्दै अझै १५ दिन थप्न माग गरेका थिए ।

भेटपछि कांग्रेस नेता बालकृष्ण खाँणले विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ र त्यसका लागि त्यहाँ नै मतदाता नामावली संकलन गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा पनि छलफल भएको जानकारी दिए । कांग्रेसको टोलीमा नेताहरु आनन्दप्रसाद ढुंगाना, रामहरि खतिवडा, महेन्द्र यादवलगायत थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पनि पार्टीको तर्फबाट नामावली संकलन ७४४ स्थानबाटै हुने तथा त्यसका लागि समयावधि बढाउन आयोगसँग आग्रह गरेका थिए ।

आयोगका कायम मुकामय सचिव महेश्वर न्यौपाने ७४४ स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन, आफू रहेको जिल्लाबाट आफ्नो स्थायी ढेगाना भएको स्थानमा मतदान गर्ने व्यवस्थाका लागि नाम दर्ता र १५ दिनका लागि तोकिएको समय अपुग भएकाले बढाउन राजनीतिक दलका नेताहरुले आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए ।

निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन गर्ने निर्णय गरिसकेको छ । आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटि भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

26.12¡ÆC